यौन शोषणको आरोप लागेका कावानाह सुप्रिमकोर्टको न्यायाधीशमा नियुक्त

आइतवार, अशोज २१, २०७५



अमेरिका । ब्रेट कावानाहले अमेरिकाको सुप्रिमकोर्टको न्यायाधीशमा सपथ लिएका छन् । ५३ वर्षीय कावानाहको नियुक्तिको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो ।

गत शनिबार अमेरीकी सुप्रिमकोर्टका प्रधानन्यायाधीश जोन रोबर्टसले ११४ औं न्यायाधीशको रुपमा कावानाहलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सपथको दौरान उनको पत्नी एश्ले कावानाह हातमा बाईवल बोकेर परिवारकोे साथ रहेकी थिइन् ।

सपथ पछि कावानाहले न्यायमुर्ती केनेडिको स्थान लिने छन् । उनको नियुक्तीलाई लिएर विगत केही समय देखी सत्तारुढ दल रिपब्लीकन र विपक्षी डेमोक्रेटिक पार्टीबीच चलिरहेको खिचातानीले विश्राम लिएको छ ।

कावानाहलाई तीन महिलाले यौन शोषण गरेको आरोप लगाउनाले उनको नियुक्ति अनिश्चित बन्दै गइरहेको थियो । उनको नियुक्तिलाई पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कावानाहलाई फोन मार्फत बधाई दिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्वाददातासँग भने, म उनलाई बधाई दिन्छु । राम्रो सँग लडेको लडाई । मेरो भनाईको अर्थ यो हो की कसले सोचेको थियो यस्तो हुन्छ । उनले के मात्र भोगेनन् । कावानाहलाई अत्यन्त राम्रो मानिस बताउँदै विपक्षी डेमोक्रेटिक सांसदको कारण हालका केही सप्ताहमा उनको परिवारले धेरै भोग्न बाध्य भए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata