उपत्यकाका सयभन्दा बढी घर सिल

सोमवार, जेष्ठ १२, २०७७



कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो ।

उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका ४, शंखधर चोकमा २, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ ।

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका १ जना संक्रमित देखिएपछि यी २ ठाउँमा सिल गरिएको छ ।

काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा २ र चुच्चेपाटीमा ४ वटा घर सिल गरिएको छ ।  नागरिक दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments