काठमाडौं आज अलि तातो, हिमाली क्षेत्रमा हिमपात

बिहिबार, पुस १७, २०७६



काठमाडौं  । न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहीबार देशभर  सामान्य मौसम बदली भएको महाशाखाको भनाई छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यसैगरी पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ ।

यद्यपि काठमाडौंको तापक्रम भने केही बढेको छ । बिहीबार बिहान काठमाडौंको तापक्रत्र ४.६ डिग्री सेल्सियस रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments