काठमाडौं मेडिकल कलेजद्वारा आकस्मिक सहितको सम्पूर्ण सेवा बन्द

बुधबार, जेष्ठ २१, २०७७



काठमाडौं । काठमाडौं मेडिकल कलेज प्रालिदवारा आकस्मीक सहितका सम्पूर्ण सेवा बन्द गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं मेडिकल कलेजले अनिश्तिकालका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । काठमाडौं मेडिकल कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालमा उपचारार्थ दुई बिरामी र दुई स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखा परेपछि संक्रमणलाई मध्यनजर गर्दै आकस्मिक सहितका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अर्काे सुचना प्रकाशित नहुन्जेल सम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मेडिकल डाइरेक्टर प्रा.डा. मुकुन्दराज जैशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै सेवाग्राही प्रति परेको असर प्रति क्षमा प्राथी भएको जनाएको छ ।

हेर्नुहाेस विज्ञप्तिk

 

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments