काठमाडौँ महानगरमा एमालेको अग्रता कायमै

शुक्रबार, जेष्ठ ५, २०७४



काठमाडौँ। काठमाडौं महानगरपालिकामा आज बिहान १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । नगर प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १० हजार २४५ मतसहित अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ६ हजार ६५६ मत प्राप्त गरेकाछन् । त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले तीन हजार ९३८ मत, साझा पार्टीका किशोर थापाले तीन हजार ३३९ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले एक हजार ९४ मत प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले आठ हजार ९२२, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले पाँच हजार ५१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

694 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank