८ वटा संरचना सञ्चालन गर्न अनुमति दिइएको खुलामञ्चमा ५१ संरचना कसरी बने ? (फोटोफिचरसहित)

आइतवार, बैशाख १५, २०७६



काठमाडौं । खुलामञ्च(बसपार्क)मा अवैध रुपमा निर्माण गरिएको टहरो/सटरसहितको संरचना  भत्काइएको छ। बस पार्कमा बहुउद्देश्यीय भवन(भ्यु टावर)सहितको संरचना बनाउने तयारीसँगै खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमै सटर निकालेर व्यवसायिक कारोबार हुन थालेपछि चर्को विरोध भएको थियो।

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काएको हो । डीएसपी बासुदेव खतिवडाको नेतृत्वमा नेपाल प्रहरीले सुरक्षा दिएको थियो । सटर भत्काउन डोजरसहित महनगरपालिका पुग्दा कसैले पनि अवरोध गरेनन् ।

काठमाण्डु भ्यु टावरको निर्माण गरिहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोजकुमार भेटवालले नक्कली सम्झौता पत्र बनाएर खुल्ला मञ्चमा ५१ वटा सटरहरु अनधिकृत रुपमा निर्माण गरि बेचेका थिए ।

पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु–टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग गर्ने सहमति भएपनि अहिले आएर ठेकादार कम्पनीको नै अगुवाइमा उक्त सटरहरु निर्माण भएको थियो । एक सटरको१५ हजारदेखि २५ हजारसम्म उनीहरुले भाडामा लगाएका थिए ।

महानगरपालिकाका पब्लिक प्राइभेट पाटर्नरसिप शाखा प्रमुख ध्रुब काफ्लेका अनुसार जलेश्वरले खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, चमेनागृह, औषधी पसल र दुईवटा शौचालय, प्रतीक्षालय, गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको थियो । तर सोही सहमति कुल्चिएर जलेश्वर स्वच्छन्द विकोई बिल्डर्सले भाडा लिएर खुलामञ्चमा ५१ वटा पसल सञ्चालन गराएको हो  ।

हेर्नुस् डोजर चल्दाको क्षण:

फ्ग्ग

ग्फग्द्ग्द

फ्दस्फ्द

Capture

फ्फ्ग्स

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank