काठमाडौं महानगर १ मा एमाले विजयी

बुधबार, जेष्ठ ३, २०७४



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारि रहँदा बुधबार वडा नम्बर १ को नतिजा सार्वजनिक भएको छ । वडा नम्वर १ मा एमाले विजयी भएको छ ।

काठमाडौं वडा नम्बर १ बाट एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मत प्राप्त गरेर विजयी भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा एमालेकै अष्टमाया तण्डुकारले जितेकी छन् भने खुला सदस्य पनि एमालेकै अष्टकुमार श्रेष्ठ विजयी भए । दलित महिला सदस्यमा भने नेपाली कांग्रेसकी मीना सुनार बिजयी भएकी छन् ।

522 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank