आज वर्षकै चिसो दिन, काठमाडौंको तापक्रम ०.९ डिग्रीमा झर्यो

बिहिबार, पुस १०, २०७६



काठमाडौं । बिहिबार काठमाडौंमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा  बढी चिसो भएको छ ।

मौसमविद् गंगा नगरकोटीकाअनुसार अहिले बिहान ८ः ४५ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम शून्य दशमलब ९ डिग्री सेल्सियसमा झरेको छ ।

आजै बिहान ६ः३० बजेको तापक्रम भने १ डिग्री सेल्सीयस रहेको थियो ।  हिजोको तापक्रम २ दशमलब ९ डिग्री सेल्सीयस रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनका अनुसार आगामी दिनमा तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज देशभरीको मौसम सामान्यतया सफा रहने जनाएको छ ।  बिहानको समयमा तराई क्षेत्रमा भने हुस्सु  र कुहिरोको अवस्था रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।  उपत्यकाबाहिर भने जुम्लामा हिजोको तापक्रम सबैभन्दा कम माइनस ६दशमलब ५ रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments