भारत प्रशासित कश्मीरमा गोली हानी मजदुरको हत्या

बुधबार, कार्तिक १३, २०७६



एजेन्सी । भारत प्रशासित क्षेत्र कश्मीरमा गोली प्रहार गरि पाँच मजदुरको हत्या गरिएको छ । कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या गरिएको हो । गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर उक्त घटना भएको हो । मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको छ । यद्यपि कोही पनि घाइते भएका छैनन् ।

आक्रमणकारीको खोजीका लागि सम्भावित क्षेत्रलाई घेराबन्दी गरेर अपरेशन सुरु गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata