कास्कीका तीन मतदानस्थलमा बम विस्फोट

शनिबार, मंसिर १४, २०७६



कास्की । कास्कीका तीन मतदानस्थल नजीक बम विस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ को शान्ती उदय मावि, पोखरा–१६ अर्मलाको शान्ती मावी नजिकै बम विस्फोट भएको हो ।

यस्तै, पोखरा– ९ नयाँबजारको नवप्रभात मावि नजिकै पनि बम विस्फोट भएको छ । शान्ती उदय माविमा नेकपा उम्मेदवार विद्या भट्टराईले ९ बजे मतदान गर्ने कार्यक्रम छ ।

अर्मलाको शान्ती मावी समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको मतदान स्थल हो । उनले मतदान गर्न लाग्दा विस्फोट भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata