कास्की-२ अपडेट : वडा नम्बर ३३ को मतगणना सकिदासम्म विद्या भट्टराई अगाडि

आइतवार, मंसिर १५, २०७६



कास्की । कास्की–२  उपनिर्वाचनको मतगणना गर्ने क्रममा सत्तारुढ नेकपा अगाडि देखिएको छ । वडा नम्बर–३३ को मतगणना सकिदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको छ ।

नेकपाकी विद्या भट्टराईले  वडा नम्बर–३३ मा कुल ५ हजार ६ सय ४२ मत खसेकोम मध्ये ३२ सय ७६ मत पाएकी छिन् । यो मत प्रमुख प्रतिपक्ष कांग्रेसको भन्दा ११ सय ६१ मतले बढी छ ।

वडा नम्बर–३३ मा कांग्रेसका खेमराज पौडेलले २१ सय १५ मत पाएका छन् भने समाजवादीका धर्मराजले ९५ मत पाएका छन् । साझाकी रजनीले ३१ मत कमल थापा नेतृत्वको राप्रपाले ४७ मत र नेपाली कांग्रेस बिपीले ७ मत पाएको छ ।

रातिको १०ः३० मा शुरु हुन भनिएको मतगणना विवादका कारण १ः४० बजे शुरु भएको थियो । मतगणना मतपेटीकामा लगाइएको शिल्डको रुज गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको थियो ।

कास्की–२ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्रै खसेको छ ।कास्की-२ मा  वडा नम्बर–३३ को मतगणना ६ बजे सकिएको थियो ६ बजेदेखि वडा नम्बर–२१ को मतगणना सुरु भएको छ । मतगणना जारी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata