‘म जनताको नोकर हुँ, जनता सबै मेरा मालिक हुन’ : करुणकुमार बलामी (एमाले वडाध्यक्ष उम्मेदवार नागार्जुन–४)

बिहिबार, बैशाख २८, २०७४



करिव २ दशक लामो समयदेखि नेकपा एमालेको राजनीतिमा लागेका नागार्जुन ४ का वडा अध्यक्षका उम्मेदवार करुण कुमार बलामी आफू युवाहरुको प्रतिनिधित्व गर्दै राजनीतिमा होमिए पनि आफ्नो प्रथामिकतामा युवा,बृद्ध र सबै समुहका मानिसहरु पर्ने बताउछन् ।

आफ्नो गाउँ ठाउको विकासको लागि केही गरु भन्ने भावनाले मात्र आफू राजनीतिमा हामिएको बताउछन उनी । आफ्नो पारिवारिका पृष्ठभूमि नै एमाले पार्टीको राजनीति भएको र एमालेका सबै सिद्धान्त र नीति मन परेकाले आफू पनि यसमा होमिएको बताउछन उनी । उनी नागार्जून ४ निवासी शंखदेव बलामीका कान्छा छोरा हुन् ।

पेशाले सहकारीकर्मी रहेका  उनी नागार्जुन ४ बाट एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार चुनिएका छन् । काठमाडौं उपत्यकाको पश्चिमी भेगमा रहेको यो नागार्जुन नगरपालिका इचंगुनारायण, सीतापाइला, रामकोट, भीमढुंगा र स्यूचाटार गरी जम्मा  ५ गाउँ विकास समितिहरू मिलाएर बनाइएको यो नगरपालीका शहरको छेउमै परेपनि विकासका दृष्टिकोणले निकै नै पछि परेको छ ।

यही बैशाख ३१ गते हुन लागिरहेको स्थानिय निर्वाचनमा यस नगरपालीकामा मुख्यतया नेपाली कांग्रेस , नेकपा एमाले,, माओवादी केन्द्र र राप्रपाबीच बीच  प्रतिस्पर्धा देखिएको छ ।त्यसमा पनि एमाले कांग्रेस अग्रपंक्तिमा आउने आंकलन गरिएको छ । तैपनि आफूहरुले चुनाव जित्नेमा विश्वस्त छन बलामी । उनी भन्छन, ‘यस भेगमा पार्टी निर्माण गर्ने शिलशिलाका संघर्षका कथा थुप्रै छन आज त्यसको प्रतिफल पाउने बेला भएको छ । तर,त्यो प्रतिफल आफूहरुले नभइ जनताले पाउने बताउछन बलामी ।’

दृढ भएर उनी  आफ्ना विभिन्न प्रतिवद्धताका साथ चुनावी कार्यक्रम अन्तर्गत घरदैलो तथा विभिन्न र्यालीहरुमा हिडिरहेका छन् ।
म यही गाउँ टोलमा हुर्कें बढें मलाई यो गाउँको मायाँ छ र मेरा मतदाताहरुले पनि मलाई र मेरो गाउँलाई पक्कै पनि माया गरेर मत हाल्नुहुनेछ म यो कुरामा विश्वस्त छु, विश्वासका साथ बलामीले भने ।

बुधवार ४ नं वडाले आयोजना गरेको घर दैलो कार्यक्रमलाई संवोधन गर्दै   वडाकाअध्यक्षका उम्मेदवार करुण कुमार बलामीले आफू र आफ्नो टीमलाई जिताएमा नागार्जुन ४ को मुहार फेर्ने कुरा बताएका छन्  ।

उनले आफुनो उम्मेदवारी गाउँ ठाउँको विकासका लागि भएको बताउदै ‘आफूलाई जनताको नोकर  र जनता सबै मालिक’ को रुपमा हेरको बताएका छन्  ।

बलामीले भने,’हामीले चुनाव जितेपछि जनताले जे गर भन्यो हामीले त्यही गर्ने हो ।’ नागार्जुनका विभिन्न वडामा जस्तै ४ नम्वरमा पनि पानीको टड्कारो समस्या रहेको भन्दै पानीको अभावले काकाकुल जस्तै बनेका वडाबासीलाई आफूले व्यवस्थीत तरिकाले बोरिङ गरेर वितरण गरेर भएपनि पानीको अभाव हुन नदिने बताए ।

विभिन्न राजनीतिक दलहरुले एमालेलाई धर्म विरोधी पार्टीको रुपमा व्याख्या गरिरहेकोमा आफूले जितेमा हिन्दु धर्म तथा विभिन्न धर्मसंग आस्था राख्ने मठ मन्दिरको निर्माण र संम्रक्षणमा लागि पर्ने बताए । उनले भने,’धार्मिक पर्यटनको विकास नागार्जुनमा पनि खाँचो छ ।’ यसका साथै आफूले ‘ज्येष्ठ नागरीक डे केयर सेन्टर’को समेत परिकल्पना गरेको र आफूले जितेमा त्यसलाई साकार गरि सबै बृद्धबृद्धालाई सम्मान प्रकट गर्ने समेत बताए ।

2169 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank