अयोग्य ठहरिएका कर्नाटकका विधायकहरूले उप-चुनाव लड्न पाउने

बुधबार, कार्तिक २७, २०७६



नयाँ दिल्ली । भारतीय राज्य कर्नाटकमा अयोग्य ठहराईएको १७ जना बागी विधायकहरूलाई सर्वोच्च अदालतबाट सहुलियत प्राप्त भएको छ । जसअनुसार सर्वोच्च अदालतले अयोग्य ठहर गरेका १७ बागीहरूले विधायक उपचुनावमा हिस्सा लिन सक्ने भएका छन् ।

सर्वोच्च अदालतले सन् २०२३ सम्म अयोग्य ठहर गर्ने फैसला समेत रद्द गरिदिएको छ । विधायकहरू बागी भएपश्चात जेडीएस-कांग्रेस गठबन्धन सरकार ढलेको थियो । त्यसपश्चात बीजेपीले बीएस येदियुरप्पाको अगुवाईमा राज्य सरकार बनाएको थियो ।

गत जुलाईमा कर्नाटक विधानसभाको स्पिकर दलले कानुन निहित उल्लेखित १७ जनालाई अयोग्य ठहर गर्दै आगामी चुनाव(सन् २०२३) को लागि चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । स्पिकर दलले अयोग्य घोषणा गरेको विधायकहरूमा १५ (कांग्रेस) र  ३(जेडीएस)को रहेका छन् ।

१७ विधायकद्वारा विधानसभामा हुने भोटिङमा हिस्सा लिन इन्कार गरेपश्चात कांग्रेस-जेडीएस गठबन्धनको सरकार ढलेको थियो । कर्नाटकमा १५ सिटमा आगामी महिनाको पाँच तारिखमा उप-चुनाव हुँदैछ।

अहिले २२४ सदस्यको विधानसभामा १०६ विधायक बीजेपीको साथमा छ भने जेडीएस-कांग्रेसको साथ् १०१ विधायक रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata