सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक प्रतिबन्ध लगाइने

सोमवार, चैत्र १२, २०७४



सुर्खेत । कर्णाली प्रदेशका सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउने र सेवाग्राहीको काम नगर्ने गुनासो बढेपछि प्रदेश सरकारले मंगलबारदेखि फेसबुक बन्द गर्न लागेको हो । सरकारी कार्यालयमा फेसबुक बन्द गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रक्रिया अघि बढाएको छ ।

सरकारी कार्यालयमा फेसबुक बन्द गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी तथा निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग आइतबार छलफल गरेका छन् । अहिले कर्णाली प्रदेशमा नेपाल टेलिकम, वल्र्ड लिंक, सुबिसु, टेक माइन्ड र सुर्खेत केबल नेटले इन्टरनेट सेवा दिँदै आएका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरूलाई बोलाएर मुख्यमन्त्री शाहीले फेसबुक बन्द गर्ने विषयमा छलफल गरेका हुन् । सो अवसरमा इन्टरनेट सेवा प्रदान गर्दै आएका कम्पनीहरूले सरकारले औपचारिक पत्र पठाए आफूहरूले फेसबुक बन्द गरिदिने बचन दिए ।

कर्णाली प्रदेशका सरकारी कार्यालय, संस्थान र विद्यालयहरूमा पनि फेसबुक बन्द हुनेछ । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी सहकारी मन्त्री विमला केसीले दुई चरणमा गरी फेसबुक प्रतिबन्ध लगाइने जानकारी दिइन् ।

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank