कर्णाली प्रदेश एक हप्ताका लागि सिल गर्ने निर्णय

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरु बढ्दै गइरहेका छन ।  केहि समय यता प्रदेश नम्बर ५ बाँकेको नेपालगज्जमा कोरोना संक्रमित बढदै गएपछि कर्णाली प्रदेशले प्रदेशभर साबधानी अपनाएको छ ।

कर्णाली प्रदेशको सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा कोरोना संक्रमण बढेसँगै एक साताको् लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेशभर २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको छ। साथै स्थानीय तहका केन्द्र, प्रमुख बजार लगायतका क्षेत्रममा स्वास्थ्यकर्मीको टोली खटाइने छ। एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी बाहेकका सवारी साधन पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । कर्णाली प्रदेशमा हाल सम्म काेराेना संक्रमित भेटिएका छैनन । नेपालमा हाल सम्म ८२ जनामा कोरोना संक्रमित थपिएका छन भने, १६ जना उपचार पश्चात घर फर्किसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments