कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक सम्बन्धि विधेयक स्वीकृत

सोमवार, बैशाख १७, २०७५



कर्णाली । कर्णाली प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सेवा सुविधासम्बन्धि विधेयकको मस्यौदालाई स्वीकृत गरेको छ ।

बैठकले विधेयक प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानुनमन्त्रालयलाई सहमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विधेयक स्वीकृत गर्दै प्रदेश सभामा पेश गर्न सहमति दिएका कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव धुव्र विक्रम बुढाथोकीले नेपालपाटीलाई जानकारी दिए ।

यस्तै कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धी विधेयक २०७५ को मस्यौदा समेत बैठकले स्वीकृत गरेको छ । प्रदेश सभाले विधेयक पारित गरेपछि लागु हुनेछ ।

632 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank