कर्णालीमा ‘प्लेन आन्दोलन’ सुरु

बुधबार, जेष्ठ ३०, २०७५



हुम्ला । कर्णालीमा प्लेन आन्दोलन सुरु भएको छ । भाडा बढाएको सविरोधमा स्थानिय तहका मार्यालयमा नागरिकले आन्दोलन सुरु गरेका छन् । गएको बैशाख २६ गतेबाट लागु हुने गरि नेपाल सरकारले दुर्गम क्षेत्रमा ५४ प्रतिशत हवाई भाडा वृद्धि गरेको भन्दै हुुम्लावासी आन्दोलित भएका छन् ।

हवाइभाडा घटाउनुपर्ने मागसहित उनीहरु जिल्लाका सबै स्थानीय तहहरुमा धर्ना दिएका छन् । पटक पटक ध्यानआर्कषण गराएको भए पनि सरकार तथा सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हुम्ली जनताका मागको बेवस्था गदै सुनुवाई नगरेकाले बाध्य भएर चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको उनीहरुले बताएका छन् ।

आन्दोलन शुरु गरेको स्थानीबासी स्थानिय तहमा धर्नामा बसेका छन् । हवाई माफियालाई संरक्षण गदै ‘सरकारले हाल चार्टर उडानको नाममा यात्रुबाट चर्को भाडा असुल्दै उडान सदाका लागि बन्द गरेर हवाई भाडा समायोजन गर्ने नाममा भाडा बढाइएको नीयबासीको आरोप छ । ‘सिमकोट–नेपालगञ्ज तथा नेपालगञ्ज–सिमकोटको रु ७ हजार १ सय ९० भाडा दर कायम गर्ने निर्णय गरेको भए पनि उक्त भाडा पुरानो सहुलियत दरमा कायम गरि दुवै तर्फको उक्कै भाडा गरिदा हुम्लीलाई मर्का परेकाले उनीहरुको भनाई छ ।

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank