कार्ल माक्स जयन्तीको द्धिबार्षीकको उपलक्ष्यमा १० हजार यूवालाई माक्सवादबारे प्रशिक्षण दिने

बिहिबार, बैशाख १३, २०७५



काठमाडौं । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार यूवालाई मार्क्सवाद पढाउने निर्णय गरेको छ।

एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित नेताहरुको अगुवाईमा आरम्भ गरीएकाले मार्क्सवादप्रति अभिरुची बढाउने उदश्यले माक्सवाद पढाउने निर्णय गरेको हो।

यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन्।

मार्क्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२ वैशाखमा ‘आजको मार्क्सवाद र लोकतन्त्र समृद्धि समाजवाद’ लाई मूल विषय राखेर काठमाडौंको राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको हो।

गोष्ठिमा विभिन्न कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन्। माओवादी केन्द्रका नेता राम कार्कीले नयाँ पिढीमा मार्क्सवाद विषयमा अभिरुची बढाउनु पर्ने बताए।साथै विभिन्न कम्युनिष्ट पार्टीका नेताहरु र विविन्न क्षेत्रका बिद्वानहरुवीच अन्तरक्रिया समेत गर्ने निर्णय गरेको एमाले युवा नेता निरज आचार्यले जानकारी दिए ।

695 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank