नेकपा कार्यकर्ताले कार्यकारी अधिकृतलाई किन दले कालोमोसो ?

बुधबार, असार १३, २०७५



बझाङ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले साईपाल गाउँपालिकाका कार्यकारी अधिकृतलाई कालोमोसो दलेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ताले गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भष्ट्राचार गरेको , सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेहरुलाई महङ्गोमा बेचेको भन्दै कालोमोसो दलेको नेपालपाटी डटकमलाई जानकारी दिएका छन् ।

जिल्ला सदरमुकाम चैनपुरबाट गाउँपालिका अध्यक्ष, कार्यकारी अधिकृतसहितको टोलीलाई गाउँपालिका फर्कने क्रममा विप्पल समुहका कार्यकर्ताले तल्कोट र धुलीबीचको जङ्गलमा घेरा हाली कालो मुसो दलेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रिसिराम कडेलले नेपालपाटी डटकमलाई जानकारी दिए ।

विप्लव कार्यकर्ताले गाउँपालिको बोर्ड समेत तोडफोड गरेका छन् । जिल्ला सदरमुकामबाट घटनास्थल पुग्न तीन देखी चार दिनसम्मकाे पैदलदुरी रहेकाे र साथै माेवाइलकाे नेटवर्कले समेत काम नगर्ने गरेकाे प्रहरीले जनाएकाे छ ।  कार्यकारी अधिकृतलाई कालोमुसो दलेको सुचना पाउना साथ मेलविसौना प्रहरी चौकी र सिमा प्रहरी चौकी धुलीबाट प्रहरी परिचान गरि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ

251 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank