कारागारमा कार्यरत बस्नेतको डुबेर मृत्यु
बुधबार, असार १३, २०७५

नुवाकोट ।
कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर बुधबार मृत्यु भएको छ ।
विदुर नगरपालिका–९ आपटार निवासी ४५ वर्षीय बस्नेत नहरको पानीमा नुहाइरहेको समयमा चिम्लिएर बगाउँदा मृत्यु भएको नगर प्रहरी चौकी कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिए । पानीमा डुबेका बस्नेतलाई खोजी गर्ने क्रममा कोलनीस्थित नुहाउन लागेको स्थानभन्दा तीन सय मिटर तल शव भेटिएको हो ।
110 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments