कारगारबाट कैदी फरार, सुरक्षाकर्मीको संलग्नतामा घटना भएको आंशका

सोमवार, मंसिर २, २०७६



मकवानपुर । जिल्लाको भीमफेदीमा रहेको क्षेत्रीय कारागारबाट कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका कुलदिप राज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए ।

कारागारको सुरक्षा र अग्लो पर्खालका बीच कैदी फरार भएपछि सुरक्षाकर्मीकै संलग्नतामा घटना भएको आंशका गरिएको छ । कारागारमा सुरक्षामा शसस्त्र प्रहरी र जनपद प्रहरी खटिए पनि धामी भाग्न सफल भएका हुन् । उनको खोजी कार्य हालसम्म पनि जारि नै छ ।

 कारागारवरिपरि १२ फिटभन्दा अग्लो पर्खाल नाघेर भाग्न एक्लै सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिए । राति कारागारबाट भागेपछि अन्यत्र जान सवारीसाधान समेत नपाइने भएकाले मिलेमतोमै फरार भएको हुन सक्ने उनको भनाइ छ । फरार धामीको खोजीका लागि उनको स्थाथी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत खोजबिनका लागि प्रहरीलाई खटाइएको सिंहले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata