राजधानी बोगोटामा बम विस्फोट २१ को मृत्यु

शुक्रबार, माघ ४, २०७५



कोलम्बिया । कोलम्बियाकोे राजधानी बोगोटामा कार बम विस्फोट भएको छ ।  बोगोटा स्थित प्रहरी प्रशिक्षण एकेडेमी बाहिर भएको कार बम विस्फोटमा परि २१ मानिसको मृत्यु हुनाका साथै ६५ मानिस घाइते भएका छन् ।

कोलम्बियाको राजधानीमा पछिल्लो १६ वर्षमा भएको सबै भन्दा ठुलो आतंकवादी हमलामा ८० किलोग्राम विस्फोटक पदार्थ प्रयाेग गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

घटना पश्चात कोलम्बियाको राष्ट्रपति इवान डुकले ट्वीटमा भनेका छन् । सम्पूर्ण कोलम्बियावासी आतंकवादको विरुद्ध छन् र उनीहरुको विरुद्धको लडाईमा एक जुट छन् ।

घटनामा संग्लग्न जिम्मेवार मानिसलाई न्यायको कठघरामा उभ्याइने बताउँदै राष्ट्रपति डुकले भने, कोलम्बिया दुखी छ तर हामी हिंसाका अगाडि शिर झुकाउँदैनौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata