मूर्ति विसर्जन क्रममा कपिलवस्तुमा दुई समुहबीच झडप

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । मूर्ति  विसर्जन गर्ने क्रममा कपिलवस्तुमा दुई समूहबीच झडप भएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा लक्ष्मी माताको मुर्ती विसर्जन गर्न लैजादै गर्दा स्थानीय दुई समूहबीच झडप भएको हो ।

मूर्ति विसर्जनका क्रममा भएको विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले चार दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा परि दश जना मानिस घाइते भएको जनाइएको छ ।

झडपपछि आज विहानैदेखि कृष्णनगर क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । विवादले उग्ररुप लिएपछि हाल कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ र पूर्व तर्फ ३ सय मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको छ।  सर्वपक्षीय छलफल र सहमति गरेर मूर्ति विसर्जनको कार्य अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata