कानून निर्माण पहिलो प्राथमिकताः अध्यक्ष तिमिल्सिना

बुधबार, बैशाख २६, २०७५



काठमाडौँ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्नुपर्ने एकसयभन्दा बढी कानूनको निर्माणमा प्राथमिकताका साथ संसद् जुटिरहेको बताएका छन ।

अध्यक्ष तिमिल्सिनाले बुधबार नेपालका लागि जापानका राजदूत मासासी ओगावासँगको शिष्टाचार भेटका क्रममा निर्वाचनपछि नेपाल समृद्धितर्फ उन्मुख भएको र यस अभियानमा मित्रराष्ट्रहरुको सहयोग र साथ प्राप्त हुने विश्वास व्यक्त गरेका हुन ।

अध्यक्ष तिमिल्सिनाले पछिल्ला वर्षहरुमा नेपालले भूकम्प, संविधान निर्माण र नाकाबन्दीको सामना गरेको बताउँदै त्यस काममा आफ्नो साढे चार वर्षको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत ओगावामार्फत जापानबाट प्राप्त सहयोगको सराहना गरे ।

जापानले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेको सहयोगले नेपाल लाभान्वित भएको पनि उनले उल्लेख गर्र्दै आदानप्रदानमा पहल गर्ने विश्वास पनि व्यक्त गरेका छन।

निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ लागेकाले नेपालले स्थिरता र समृद्धिको लक्ष्य छिट्टै हासिल गर्ने विश्वास राजदूत ओगावाले व्यक्त गरेको अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ अशोक पौडेलले जानकारी दिए।

265 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank