बस र ट्रक एकआपसमा ठोक्किदा भिषण आगलागी, २० यात्रु मारिएको आशंका

शनिबार, पुस २६, २०७६



एजेन्सी ।  भारतको उत्तर प्रदेशको कन्नौज जिल्लामा गएराति भएको सडक दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको आशंका गरिएको छ । एक दुई तले बस र ट्रक एकआपासमा जुध्दा दुवै सवारीसाधनमा भिषण आगलागी भएको थियो ।

सिरोही गाउँ नजिकै भएको उक्त दुर्घटना भएको थियो । यूपी प्रहरीले घटनाको बारे जाँचपड्ताल गरिरहेको छ । मृतकका शरिर डीएनए टेस्टपछी मात्रै सनाखत हुने प्रहरीले जनाएको छ ।

कानपुर रेन्जका आईजी मोहित अग्रवालले बताएअनुसार बसमा अकरिब ४५ यात्रु सवार थिए, जसमध्ये २५ जनालाई उपचारको लागि अस्पताल पठाइएको छ । १२ जना तिरवा मेडिकल, ११ जना जिल्ला अस्पतालमा राखिएको उनले बताए ।  दुई व्यक्ति सकुशल रहेको समेत उनले बताए ।

 प्राथमिक जाँचमा ८ देखि १० व्यक्ति मारिएको पुष्टि गरिएतापनि मृतकको संख्या बढ्ने आशंका गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान एक ट्वीट गर्दै उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् ।

Narendra Modi

@narendramodi

उत्तर प्रदेश के कन्नौज में हुए भीषण सड़क हादसे के बारे में जानकर अत्यंत दुख पहुंचा है। इस दुर्घटना में कई लोगों को अपनी जान गंवानी पड़ी है। मैं मृतकों के परिजनों के प्रति अपनी संवेदनाएं प्रकट करता हूं, साथ ही घायलों के शीघ्र स्वस्थ होने की कामना करता हूं।

4,136 people are talking about this
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments