भारतीय चुनावको चौथो चरणको मतदान आजः चर्चामा कन्हैयाको बेगूसराय

सोमवार, बैशाख १६, २०७६



एजेन्सी । आज भारतीय लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदान भइरहेको छ । ९ राज्यका विभिन्न ७१ सिटको लागि हुने निर्वाचनमा १२.७१ करोड मतदाताले कुल ९६१ उमेद्वारको जित-हारको छिनोफानो गर्नेछन् ।

यस चरणको निर्वाचनमा सबैको ध्यान खिचेको छ, पूर्वको लेनिनग्राद नामले चर्चित बिहारको बेगूसराय क्षेत्रले । यस निर्वाचन क्षेत्रबाट चर्चित पूर्व–विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्रीसमेत रहेका भाजपा उमेद्वार गिरिराज सिंहविरुद्ध उमेद्वार छन् । त्यस्तै अर्का उमेद्वार तनवीर हसनलाई पनि उत्तक्कै बलियो मानिएको छ ।

बेगूसराय जिल्लाको उक्त लोकसभा क्षेत्रमा उन्नाइस लाख मतदाता रहेका छन् । जसमा भूमिहार जातीका १९ प्रतिशत, मुस्लिम १५ प्रतिशत, यादव १२ प्रतिशत, कुर्मी ७ प्रतिशत र बाकी अन्य जातीका मानिसहरु रहेका छन् । बेगूसरायका वरिष्ठ पत्रकार श्यामा चरण मिश्रको भनाइ अनुसार गिरिराज सिंहको भूमिहार, कुर्मी र अति पिछडिएका वर्गमा राम्रो पकड रहेको छ । त्यसै गरि राष्ट्रिय जनता दलको मुस्लिम, यादव, र पिछडिएको वर्गमा राम्रो पकड रहेको समयमा राजदले आफ्नो उम्मदेवार खडा नगरेको कारण कन्हैया कुमारतर्फ तराजु ढल्कने जनाइएको छ ।

तीन प्रतिस्पर्धी मध्य गिरिराज सिंहले मोदी र हिन्दूको नाममा मत मागिरहेका देखिन्छन् । अर्का उमेद्वार तनवीर हसन त्यस क्षेत्रको दोस्रो ठूलो मतदाता समुदाय मुलसमान मत आफूलाई आउनेमा ढुक्क छन् । तर मोदीका नीति र कार्यशैलीको प्रखर आलोचक कुमार भने जाति समुदायमा भन्दा पनि मुद्धामा केन्द्रीत छन् । धेरैले यसले उनलाई युवाको मत त तान्न सघाउने मानेका छन् । तर भारतीय निर्वाचनमा प्रधान हुने जातीय समिकरणमा ध्यान नदिदाँ उनको सम्भावनालाई असर पर्न सक्ने खतरा पनि छ ।

कन्हैया जेएनयू विद्यार्थी नेता हुदाँ भारत विरोधी नारा लगाएको आरोपमा मुद्धा परेपछि राष्ट्रिय नजरमा परेका थिए । पछि उक्त नारा लगाइएको भिडियो ‘डक्टर्ड’ भएको पत्ता लागेको थियो । जेलबाट रिहा भएपछि विद्यार्थीमाझ उनले दिएको सम्बोधनले उनलाई भारतभर चर्चित बनायो ।

सन् १९५२ मा पहिलो पटक यस निर्वाचन क्षेत्र निर्माण भएदेखि कन्हैयाको पार्टीले सन् १९६७ मा मात्र जितेको छ । ती दिन बेगुसराय विहारको लालकिल्ला थियो । कन्हैया ती पुराना दिनलाई पुनः फर्काउने कुरामा केन्द्रीत छन् । कन्हैयाको उमेद्वारी घोषणासँगै देखिएको उत्साह मतमा परिणत भए त्यो कठिन पनि छैन ।

चायवालाले हाँकेको देश यदि पीएचडी वालाको हातमा पर्यो भने भारतीय दुखी जनताको मुक्ती मिल्नेछ भन्दै निर्वाचन र्यालीमा युवायुवतीहरु फिल्मी शैलीको गीतमा झुमिरहेका छन् ।

कन्हैया कुमारको चुनावी गीत,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank