काण्डै काण्ड

सोमवार, अशोज २७, २०७६



हुन्थे स्वाभाविक नै हो सामान्य घरको काण्ड
या त देशमै फैलिन थाल्यो अचेल चर्को काण्ड !
कति जन्मन सकेका हुन यहाँ मान्छे अपराधी
दिनकै देखिन थाले के भयो ठुलाबडा नै बलात्कारी !
देशकै गर्छन् सरकारकै माना खाएकाहरू
बलात्कारी बनेर पाे देखिन्छन् प्रतिष्ठा पाएकाहरू
कहिले सुनिँदैन मेरो देशमा विज्ञान प्रविधिको कुरा !!

कुनै समाचारमा छुट्दैन हिंसा बलात्कारको कुरा
विकास गर्छौ भन्छन् विकृति छ देशमा कसरी हुन्छ
ठुला मानिने बाटै नीच व्यवहार दैनिकी कसरी हुन्छ
सजाय पाउनु भन्दा अपराधी निगरानी मै छुट्छन्
र त कानुन छैन भन्दै अरू अपराधी एक-एक उठ्छन्
कति सुन्ने पढ्ने मात्र हो सरकार अनेक थरको काण्ड
किन बढ्दैछन देशमा एक न सकिँदै अर्को काण्ड !
-रीता शाहि (रीतु )

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata