सल्यानमा कान्छी श्रीमतीले जेठीको हत्या गरिन्

बुधबार, पुस २६, २०७४



सल्यान । सल्यानको दार्मा गाउँपालिका –३, फारुलाचौरकी ३२ वर्षीया रुपा खत्रीलाई उनकी सौताले बन्चरो प्रहार गरी हत्या गरेकी छन् । २६ वर्षीया कल्पना चन्दले बुधबार बिहान भएको सामान्य झगडाको विषयलाई लिएर जेठी सौताको हत्या गरेकी हुन ।
हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको प्रहरीले जनाएको छ । मंगलबार राति १० बजे भएको झगडापछि बिहान १ बजेतिर कल्पना चन्दले बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । मृतक खत्रीका ३ छोरी र १ छोरा छन् ।

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank