फ्रान्सबाट स्वतन्त्र हुने मामिलामा न्यू कलेडोनियामा मतदान हुँदै

शुक्रबार, कार्तिक १६, २०७५



क्यानबेरा अष्ट्रेलिया । १९ औं शताव्दी देखी फ्रान्सको शासनमा रहेको प्रशान्त क्षेत्रको साानो टापु न्यु कलेडोनियामा आगामी आइतबार निर्वाचन हुँदैछ । फ्रान्सबाट पूर्ण स्वतन्त्र हुने सवालमा हुन गईरहेको निर्वाचन सन् १९८० देखी आदिवासी कनक जातीको माग रहेको छ ।

अष्ट्रेलियाको पूर्वमा रहेको उक्त टापु अष्ट्रेलियाबाट तीन घण्टाको उडान पछि पुग्न सकिन्छ । करिब १ लाख ७४ हजार मतदाता लामो समय देृखी निर्वाचन कुरेर बसिरहेका छन् । सन् १९८७ को निर्वाचनलाई बहिस्कार गरेका कनक्सहरु दोस्रो जनमत संग्रहलाई उत्सुकता पूर्वक शान्त भएर हेर्दैछन् । राजधानी नौमेआमा निर्वाचन प्रचार शान्त वातावरणमा भईरहेको छ । राजनैतिकदलहरु संग्लग्न कार्यकर्ताहरुले रातो, निलो र हरियो झण्डाहरु सडक र रुखमा टाँगिरहेका छन् । कनक जाती र सोसलिष्ट नेशनल लिब्रेशन फ्रन्टले राजधानीलाई निर्वाचनमय बनाएका छन् ।

न्यु केलेडोनियामा बसोबास गर्ने कुल जनसंख्या २ लाख ७९ हजार मध्ये २७ प्रतिशत मुख्य रुपले फ्रेन्च युरोपियन, ३९ प्रतिशत स्वदेशी, बाँकी अन्य टापु र एसिया प्रशान्त क्षेत्रका प्रवासी रहेका छन् ।  सन् १९९८ देखी स्वदेशी कनक जाती फ्रान्सबाट पूर्ण रुपमा स्वतन्त्रता चाहिरहेका छन् । पछिल्लो समय फ्रेन्चहरु साझा संप्रभुताको विचारसँगै कनक जातीको पहिचान र अधिकारको लागि जनमत संग्रहको माग स्वीकार गर्न बाध्य भएका छन् ।

फ्रान्सको लागि न्युकलेडोनिया एक रणनैतिक सम्पती मानिदैं आएको छ । समुन्द्री सैन्य शक्तिको लागि उक्त स्थानको महत्वको कारण कनकजातीको पूर्ण स्वतन्त्र हुने इच्छाले साकार रुप लिन कठिनाई हुने सर्बेक्षणले देखाएको छ ।

134 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank