क्यामरुन बिपक्षी नेता मौरिस काम्टो गिरफ्तार

बुधबार, कार्तिक २१, २०७५




कयामरुन । क्यामरुनको बिपक्षी दलको नेता मौरिस काम्टो गिरफ्तार गरिएको अफ्रीकी मिडियाले जनाएका छन । नेता काम्टोले गत ७ अक्टोवरमा राष्ट्रपति पाउल बिया सँग निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । अफ्रीकी समाचार संवाददाता जोएल होनोर कौमले भने , मोटोमेट रेड ला रेनेसेस डु क्यामरुन ९एमआरसी० को प्रमुख काम्टोलाई सरकारी सुरक्षा बलले गिरफ्तार गरेका छन । काम्टोले एक विरोध कार्यक्रममा आफ्ना समर्थक सहितको जुलुसको नेतृत्व गरेका थिए ।

रिपोर्टमा जनाएइ अनुसार काम्टो लगायत उनको पार्टीका उच्च नेताहरुलाई प्रहरीले रिहा गरे लगत्तै आफ्नै घरमा नजरबन्द गरेको छ । जसको अनुमान सुरक्षाबलको ठुलो संख्या काम्टो र पार्टी उच्च नेताको निवास बाहिर दिएको पहरालाई मानिएको छ । आधिकारिक रुपमा केही नजनाइए पनि सञ्चार माध्यामले संकेत गरे अनुसार उनी प्रहरीको अधिनस्थ रहेका छन ।

राष्ट्रपति बिया आफ्नो सातौं कार्यकालको सपथ लिएको केही घण्टा पछी काम्टोलाई गिरफ्तार गरिएको जनाइएको छ । राष्ट्रपति बियाले ७ अक्टोवरमा सम्पन्न निर्वाचनमा ७१ प्रतिशत भोट सहित जितेको घोषणा गरिएको थियो ।

103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank