आफ्नै विश्व रेकर्ड तोड्दै कामीरिताले गरे २४ औं पटक सगरमाथाको सफल आरोहण

एक सातामै दुई पटक

मङ्लबार, जेष्ठ ७, २०७६



काठमाडौंं । आफ्नै विश्व रेकर्ड तोड्दै सफल हिमआरोही कामीरिता शेर्पाले एक सातामा दुई पटक सगरमाथमाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बु थामेका शेर्पाले २४ औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका छन् । ४९ वर्षीय शेर्पाले एक सातापछि दोस्रो पटक मंगलबार बिहान आरोहण गरेका हुन् ।

गत मे १५ मा उनले २३औं पटक सगरमाथा आरोहण गरेका शेर्पाले एक सातामै दोस्रो पटक सगरमाथाको सफल आरोण गर्नुले उनको चर्चा निकै चुलिएको छ ।

सर्वप्रथम सन् १९९४ मा शेर्पाले सफल आरोण गरेका थिए ।

याे पनि पढ्नुहाेस 

कामिरिता शेर्पाले आफ्नै विश्व रेकर्ड तोड्दै २३ पटक सगरमाथाको सफल आरोहण

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata