वडाध्यक्षले नै झुक्याएर हडपे सर्वसाधरणको जग्गा

मङ्लबार, बैशाख १७, २०७६



रुपन्देही । रुपन्देहीको मर्चवामा वडाध्यक्षले नै सर्वसाधरणको जग्गा झुक्याएर हडपेको खुलासा भएको छ । रुपन्देहीको कोटहीमाई, ४ वडाध्यक्ष ओमप्रकाश पाण्डेयसमेतको मिलेमतोमा सात जनाले कमलावती पालको ३२ कट्ठा सात धुर जग्गा झुक्याएर आफ्नो नाममा सारेको छन् । ४९ वर्षीय पाल बोल्न र हिड्न सक्दिनन् ।

वडाध्यक्ष पाण्डेयले पालको जग्गा आफ्नै छोरा राजेश पाण्डेयसहित सात जनाको नाममा सारिदिएका छन् । आफ्नो नामको  जग्गा छोराको नाममा गराउने भनी कमलावतीलाई कार्यालयमा लगेर वडाध्यक्षले आफ्नै छोराको नाममा जग्गा नामसारी गरिदिएको कमलावतीका छोरा सुभाष लोनियाले बताए  । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank