कमल थापाको सिंहदरवार यात्राः मुख मिठ्याईमै चित्त बुझ्ने संभावना

नेपालपाटी टिप्पणी

शुक्रबार, साउन ६, २०७४

loading...


राप्रपाका पूर्व अध्यक्ष पशुपति शम्सेर राणा सो पार्टीको केन्द्रीय समितिको बैठकमा गएनन् । उनि कुनै बिरामी भएर नगएको होइनन्। पार्टी अध्यक्ष कमल थापाले सल्लहा नगरि एकलौटी तरिकाले पार्टी चलाएको भन्दै बैठक बहिष्कार गरेका हुन् । राणा नगए पनि उनि निकट केन्दीय सदस्यहरु बैठकमा थिए। तर औपचारिक रुपमा थापा प्रति खनिन सकेनन् उनिहरु।

पार्टी अध्यक्ष कमल थापाको एउटा खुट्टाले सिहदरवार टेकिसेको छ। तर त्यो खट्टा राख्ने ठाँंउ दिनेमा देउवा पूर्ण रुरपमा तयार भईसकेका छैनन। थापालाई सिंहदरवार भित्र्याउन देउवको शर्त छ संविधान संशोधनको पक्षमा सांसदहरुलाई एक जुट पार्नु । यसबेला थापाको लागि यसो गर्न धेरैवटा चुनाती छन । सो पार्टीका संसदहरुलाई एक जुट पार्न थापालाई गाईको शरिर्का रौ गने बराबार हुनेछ ।

राप्रपा अध्यक्ष थापा पहिला जसरि सजिलो बाटोमा छैनन् । उनलाई धेरैवटा कुराले पाईला पाईलमा चुनैती दिएको छ। पहिलो चुनौती बनेका छन् राणा । अहिले राणा मैदनमा उत्रेका छैनन् । भित्र भित्रै रिस गुम्साएर पर्ख र हेरको रणनीतिमा छन। उनलाई अर्को खतरा स्वयं देउव बनेका छन । थापा सिंहदरवार पस्न आतुुर छन् , तर देउवा अर्थहिन तरिकाले उनलाई सिहदरवा भित्र्याउन तयार छैनन्। यसका लागि उनले ३७ जना सांसदलाई कायलनामा गराउनु पर्छृ । आज सम्मको अवस्था हेर्दा थापाको लागि यो सहज छैन ।

थापाले आफ्ना सांसदको टाउको गनेर देउवालाई भरपाई गरि दिए पछि मात्र उनलाई सिंहदरवारको गेट खुला हुन्छ। तर उनलाई यो भरपाई सजिलै गर्न दिने छैनन सो पार्टीका दर्जन संसाद। थापाले मन्त्री वा जे दिन्छु भने पनि संसादहरुको लिगेसि हेर्दा उनी भन्दा अन्तै उनीहरुको लगाव देखिन्छ । अहिले संविधान संशोधनको विरोधमा रहेका राप्रपाको निकट्ता पूर्ब राजा ज्ञानेन्द्रसग मेल खान्छ । त्यसकारण अध्यक्ष थापाको तजबिजमा छैनन सो पार्टीका दर्जन सांसद ।

बिगतमा राजाले लिने गरेको राम्रो अडान भनेको नै नागरिक्ताको हो। त्यसकारण अहिले पनि पूर्वराजा ज्ञानेन्द्र प्रमुख कार्यकारी पदमा अगिकृतलाई लानु हुदैन भन्ने अडानमा छन् । अहिले राप्रपाका दर्जन सांसदको अडान पनि यहि हो । त्यसकारण यस पटक आफ्नै पार्टीका सांसद अल्झन् भई दिदा राप्रपा अध्यक्ष कमल थापाको सिहदरवार यात्र मुख मिठ्याईमा नै चित्त बुझाउनु पर्ने संभावना बढेको छ ।

737 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv