कमल थापाले राजा वीरेन्द्रलाई सम्झिँदै भने–कहिल्यै नबिर्सौं

सोमवार, पुस १४, २०७६



काठमाडौं । आज पुस १४ गते राजा वीरेन्द्र वीर विक्रम शाहको जन्म भएकाे दिन । वि.सं. २००२ साल पुष १४ गते जन्मिएका राजा वीरेन्द्र वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालमा शासन गरेका थिए।

यीनका तीन सन्तान मध्य युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाह रहेका थिए । । वीरेन्द्रका दुई भाइ मध्य धिरेन्द्र शाहकाे राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो। संयोगले  दरबार हत्याकाण्डकाे  घटनाको दिन पूर्व राजा ज्ञानेन्द्र भने अनुपस्थित थिए ।

यसै अवसरमा  राप्रपाका अध्यक्ष कमल थापाले दिवगत  राजा वीरेन्द्र शाहलाई  स्मरण गरेका छन् ।  उनले आज फेसबुक पेजमा भनेका छन्,‘‘आज पौष १४ राजा वीरेन्द्रको शुभजन्म दिन । नेपाली जनताका लोकप्रिय राजा स्व.श्री ५ वी रेन्द्रमा हार्दिक श्रद्धाञ्जली ।नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा राजसंस्था सहितको लोकतन्त्र नै नेपालको स्वतन्त्र अस्तित्व र सम्वृद्धिको आधारस्तम्भ हो भन्ने कहिल्यै नबिर्सौं ।’’

KAMAL THPAA

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments