पूर्व प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनक- कमल थापा

मङ्लबार, भदौ २४, २०७६



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दु धर्मको विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । थापाले पूर्व प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले भड्काव अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना विपरित भएको दाबी गरेका छन् ।

 हिन्दु धर्मले जन्मको आधरमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिक ग्रन्थ राम्ररी  अध्ययन गर्न सुझाव दिएका छन् ।भट्टराई जी मसँगै अध्ययन गरेको मित्र हुनुहुन्छ, हिन्दु धार्मिक ग्रन्थले कहि कतै जन्मको आधारमा छुवाछूत र विभेद गर्ने कुरा गरेको छैन’ भन्दै थापाले जातिय द्वन्द्व हुने तर्क गर्दै हिड्नु जिम्मेवार व्यक्तिको लागि अशोभनीय भएको बताए ।

 हेटौंडामा आज(मंगलबार)  आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुक ठुला दल, ठुला कर्मचारी र ठुला व्यवसायीको सेटिङ्गमा मनपरी ढंगले संचालन भएको आरोप लगाए । “मुलुकमा मनपरी छ, जसले रे गरे पनि हुने अवस्था आयो । कोहि कसैसँग डराउनु नपर्ने भयो” भन्दै थापाले ब्रम्हलुटको विरुद्ध जनता जाग्नु पर्ने विचार व्यक्त गरे ।

 बाईडबडी, ३३ क्विन्टल सुन, बालुवाटार जग्गा प्रकरण, एनसेल कर, मेलम्ची, बुढिगण्डकी प्रकरण ब्रम्हलुटको नमुना भएको दृष्टान्त दिए । कम्युनिष्ट  काङ्ग्रेस असफल भएको भन्दै थापाले राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

 “भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तन जस्ता समस्याहरु समाधान गर्न नेकपा असफल भयो, नेपाली काङ्ग्रेस निरिह बन्यो। यि समस्याहरु समाधान गरि सबल र समृद्ध नेपाल बनाउन सक्ने बलियो विकल्प देशले खोजेको छ। वैचारिक, संगठनात्मक र नेतृत्वको आधारमा त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ” थापाले भने ।

 कार्यक्रममा राप्रपाका सह- महामन्त्री भक्ती सिटौला, सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारी , शिवराम थापा नगर अध्यक्ष गुरु सापकोटा , बालकुमारी डल्लाकोटी , खिल प्रसाद चौलागाईं लगायतले बोलेका थिए । प्रशिक्षणमा जिल्लाका १ सय १५ प्रशिक्षार्थिको सहभागीता रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata