राजाको तस्बिर अङ्कित नोट निषेध गर्ने निर्णय इतिहास मेटाउने काम हो: अध्यक्ष थापा

सोमवार, जेष्ठ १२, २०७७



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको तस्बिर अङ्कित नोट निषेध गर्ने कार्य पूर्वाग्रही र इतिहास मेटाउने भएको बताएका छन् ।

सरकारको उक्त निर्णय प्रति कमल थापाले सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गरेका छन् । उनले भनेका छन्, राजाहरूको तस्बिर अङ्कित नोट निषेध गर्ने निर्णय इतिहास मेटाउने पूर्वाग्रही काम हो।राष्ट्रिय अखण्डताको रक्षा गर्न देश एक ढिक्का हुनुपर्ने बेला यो निर्णयले राष्ट्रिय एकतालाई कमजोर पार्छ। राष्ट्रवादी शक्तिलाई विभाजित गर्छ।

साथै उनले यो आपत्तिजनक निर्णय फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments