भारतको नयाँ नक्सा प्रति राप्रपा अध्यक्ष थापाको आपत्ती

मङ्लबार, कार्तिक १९, २०७६



काठमाडौं । नेपालको छिमेकी राष्ट्र भारतले जारी गरेको नक्सामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विरोध जनाएका छन । अध्यक्ष थापाले नेपालको भूमि कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा गाँभिएको भन्र्दै विरोध जनाएका हुन ।

states and union terrories map of indian

मंगलबार ट्वीट गर्दै अध्यक्ष थापाले कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि भएको उल्लेख गरेका छन । उनले भारतले उक्त भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको स्मरण समेत गराएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मेन्सन गर्दै अध्यक्ष थापाले हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिएकोमा आपत्ती जनाए । यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको ध्यानकार्षण समेत गरेका छन । भारतले जारी गरेको नयाँ नक्साको पाकिस्तान सरकारले समते विरोध जनाएको छ । तर नेपाल सरकारले यसबारे आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन ।

कमल थापाकाे ट्वीट हेर्नुहाेस

kamal thapa

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata