पार्टीका एजेण्डाहरु बोकेर गाउँ जान कार्यकर्तालाई कमल थापाको निर्देशन

शनिबार, अशोज ११, २०७६



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई प्रत्येक सर्वसाधारणसम्म पु¥याउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

पार्टीको भातृसंगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका हुन । राप्रपाले २०७६ सालाई संगठन निर्माण वर्ष घोषणा गरेर कार्य अगाडि बढाइसकेकोले चाडपर्वकोे अवसरमा गाउँ पुगेको समयमा संगठन निर्माण कार्यलाई सँगसँगै अघि बढाउन समेत नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

कार्यक्रममा शुभकामना दिदैं पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हिन्दुहरुको महान चाड बडादशैं तथा दिपावलीको अवसरमा नेपालमा हिन्दु राष्ट्र पुनस्र्थापना गर्नेतर्फ दुर्गा भवानीले सबैलाई सद्बुद्धी प्रदान गरुन भनि कामना गरे । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा का.म.न.पा. कर्मचारी परिषदका अध्यक्ष तथा टुकोनका केन्द्रीय सदस्य उत्तम कुमार घलेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु लगायत ट्रेड युनियन महासंघ नेपाल (टुकोन) सँग आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata