राप्रपा अध्यक्ष थापा प्रहरी नियन्त्रण पछि रिहा

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । हिन्दु राज्यको माग सहित धर्नामा बस्न पुगेका राप्रपा अध्यक्ष थापा पक्राउ पछि रिहा भएका छन् । सोमबार काठमाडौंमा निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भए पछि अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको हो ।

थापा सहित पूर्वमन्त्री दिपक बोहोरा, बुद्धिमान तामाङ लगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए। राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार , ‘प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा पुगेपछि प्रहरीले एक्कासी हस्तक्षेप गर्‍यो ।’ उनले प्रहरीको प्रतिकार गरेर अध्यक्षलाई फिर्ता ल्याएको बताए ।  प्रहरीको लाठ्ठी प्रहारबाट ४० बढी कार्यकर्ता घाइते भएका छन् । उनीहरुको मोडल हस्पीटलमा उपचार भइरहेको राप्रपाले जनाएको छ ।

याे पनि पढ्नुहाेस

पूर्व गृहमन्त्री पक्राउ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata