रक्षार्थ हिन्दु राष्ट्र नै हाम्रो माग हो: अध्यक्ष थापा

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रक्षार्थ हिन्दु राष्ट्र नै आफ्नो माग रहेको बताएका छन् । हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्रको माग गर्दै आएको राप्रपाले धर्म रक्षा गर्न माग गरेको हो ।
राप्रपा अध्यक्ष थापाले सोमबार ट्वीट गर्दै हिन्दु राष्ट्रको अबधारणा केवल पुजा, आरधना र कर्मकाण्डको विषय नभएको स्पष्ट पारेका हुन् ।

उनले पुजा आरधना र भगवान भक्ति व्यक्तिको स्वतन्त्रता र अधिकार भएको उल्लेख गरेका छन् । राज्य तठस्थ हुनुपर्छ । तर सनातन धर्म हिन्दु,बौद्ध र किराँत नेपालको पहिचान,एकता र समाज व्यवस्थाको आधार भएको उल्लेख गर्दै त्यसको रक्षार्थ हिन्दु राष्ट्र आफ्नो प्रमुख माग रहेको जनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशभर हिन्दु राष्ट्रको माग गर्दै धर्ना कार्यक्रमको आयोजना गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata