सडकमा संघर्ष गर्ने अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्छ: अध्यक्ष थापा

बिहिबार, साउन १७, २०७५



विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडकमा संघर्ष गर्ने अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । अध्यक्ष थापाले संसद तथा सडक अवरोध र संघर्ष गरेर मुलुकको समस्या समाधान नहुने भन्दै सरकार गम्भीर हुनु पर्नेमा जोड दिए ।

उनले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि बिहिबार पत्रकारसँगको भेटघाटमा उनले नेपाली कांग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न आग्रह गर्दै संसद् र न्यायपालिका पार्टीको बन्धक नबनाउन आग्रह गरे ।

अध्यक्ष थापाले देश संघीय संरचनामा प्रवेश गरिसकेपछि आफ्नो पार्टी पनि सोहीअनुसार अघि बढ्ने भन्दै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र हाम्रो पार्टीको उच्च प्राथमिकता हो भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank