हिरण्य पौडेलको सम्मानमा

सोमवार, भदौ २५, २०७५

- कमल चौलागाईं



५० बर्ष पहिलेनै हावा पंखा घुमाएथ्यौ,
हुरि बतास झोक्कामा ६ मैनामै गुमाएथ्यौ !
उर्जा बिकल्पको खोज्ने विश्व डन्का अहिलेको,
हावा उर्जा पैदा गर्ने तिम्रो सपना उहिलेको !

कति गए कति बाँकी काल पर्खेको भन्दछन,
तिम्रा दौतरी कति त नाति नातिना गन्दछन !
८१को उमेरमा तिमी ठमठम हिडि रह्यौ,
रामेछाप उठाउन दशकौ तिमी भिडी रह्यौ !

पन्चायत, वहुदल, गणतन्त्र सबै भोग्यौ,
राजनीति र पदमा हैन समाजसेवा सधै रोज्यौ !
प्लाष्टिक पोखरी प्रयोगमा संग्रहालय निर्माणमा,
दत्त चित्त लागि रह्यौ सन्त सरि निर्वाणमा !

त्यै माटोले गंगालाल-पुष्प लाल समेत देख्यो,
त्यै माटोलाइ पुज्य मान्ने तिम्रो किर्ती केले छेक्यो ?
लागि रहु, लागि रहु हिरण्य तिमी स्रोत हौ !
दुखी ग्रामिण जिवनका हिरण्य तिमी ओत हौ !

319 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank