तोकिएको समयमा काम सम्पन्न नगर्ने चार ठेकेदार कम्पनी कालोसूचीमा

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । काम नगर्ने चारवटा ठेकेदार कम्पनी कालो सूचीमा परेका छन । सार्वजनिक खरिद नियमावलीको दफा ६३ को उपदफा १ बमोजिम तोकिएको समयमा काम नगर्ने र सम्झौतामा उल्लेख भएअनुसारको काम नगर्ने ठेकेदारलाई विभिन्न सार्वजनिक निकायको सिफारिसमा कालो सूचीमा राखिएको जनाएको छ ।

निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ४ कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढी, श्रीकृष्ण कन्सट्रकसन त्याडी निर्माण सेवा जेभी बझाङ र ओम श्री ओम इन्टरप्राइजेज मिनभवन रहेका छन्। सार्वजनिक खरिद ऐनमा काममा ढिलाइ गर्ने या सम्झौताअनुसारको काम नगर्ने ठेकेदार कम्पनीलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राख्ने व्यवस्था छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata