पूर्व प्रधानन्याधिस कल्याण श्रेष्ठको गाडी सर्वाेच्चका कर्मचारीद्वारा कब्जा

शुक्रबार, चैत्र ३०, २०७४



काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको गाडी सर्वोच्च अदालतका कर्मचारीले कब्जा गरेका छन् । गाडी मर्मत र इन्धन खर्च लिन सर्वोच्च अदालतको प्रशासनमा पुगेका चालक जोगमोहन महतोको हातबाट कर्मचारीले गाडीको चाबी नियन्त्रणमा लिई मुख्य रजिष्ट्रारलाई बुझाएका हुन् ।

राज्यकोषबाट खरिद गरिएको गाडी गैरकानुनी रुपमा लिएकाले चाबी लिएर रजिस्टारलाई बुझाइएको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले बताए ।

दुई करोड रुपैयाँ सरकारी रकममा खरिद गरिएको गाडी हाल पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ प्रयोग गर्दै आएका थिए । चालक महतो सर्वोच्च अदालतका स्थायी कर्मचारी हुन् र गाडी सर्वोच्च कै हो । गाडी कल्याण श्रेष्ठ प्रधानन्यायाधीशबाट हटेपछि झण्डा हटाएर प्रयोग गर्दे आएका थिए ।

राजीनामा दिएर लगेको गाडी फिर्ता नगर्ने पूर्वप्रधानन्यायाधीशहरुमा गोपाल पराजुलील, सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा र केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दीलिपकुमार पौडेल, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, सुशीला कार्कीले गाडी फिर्ता गरेका छैनन् ।

यीमध्ये खिलराज रेग्मी र कल्याण श्रेष्ठले चालकसमेत सँगै लगेका छन् भने सुशीलाले कमला तामाङ नामकी कार्यालय सहयोगी लगेकी छन् । सर्वाेच्चले सरकारी पदमा रहँदा लगेका सरकारी गाडी फेर्ता नगरे कब्जा गर्ने जनाएको छ ।

115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank