“विज्ञानका लागि आदित्यको क्षमता असाधारण चुनौति हो।” – प्रधानमन्त्री ओली

दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ को अंग्रेजी संस्करणको विमोचन

शनिबार, चैत्र ३०, २०७५



काठमाडौं । ‘असाधारण प्रतिभा’का धनी बालक आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ को अंग्रेजी संस्करणको विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उनको प्रशंसा गरेका छन् । आज(शनिबार) राजधानीमा बालक  दाहालले विज्ञानलाई नै चुनौती दिएको दाबी गरेका छन् ।

“उनीबारे अध्ययन गरेर निष्कर्ष  सुनाउन संसारका वैज्ञानिकलाई चुनौती दिन्छु”, विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने “ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ  । आदित्यसामु बिना स्रोतको ज्ञान प्राप्त भएको छ। विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो।”

कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले आदित्यजस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए ।

भविश्य बताउन सक्ने प्रचार गरिएका आदित्य दाहाललाई यतिबेला ‘बालगुरु’ समेत भन्न थालिएको छ । उनका बारेमा अध्ययन गर्न प्रधानमन्त्री ओली वैज्ञानिकहरुलाई आग्रह गरे पनि बालक आदित्यलाई धर्मगुरुजस्तो ठान्ने र शीर्षनेताहरुसमेत शीर झुकाउँदै शरण पर्ने गरेकाले उनलाई देवत्वकरण गर्न थालिएको प्रष्ट छ । र, यसमा प्रधानमन्त्री ओलीले समेत पुठ दिएका छन् ।

आदित्यलाई प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमै १ करोड रुपैयाँ दिने निर्णय गरेका थिए । आविश्कार केन्द्रका अभियन्ता महावीर पुनले नेपालमा वैज्ञानिक अनुसन्धान केन्द्र निर्माणका लागि सहयोग माग्दा नदिएको तर, आदित्यलाई एक करोड दिएको भन्दै त्यसबेला ओली सरकारको आलोचनासमेत भएको थियो ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank