साउदी राजकुमार खलील बिन तलाल रिहा

आइतवार, कार्तिक १८, २०७५



रियाद । राजा सलमानको भतिज साउदी राजकुमार खलील बिन तलाललाई लगभग एक साल पछि रिहा गरिएको हो । राजकुमार  खलीलले आफ्नो छोरासँग अंगालो हालेको फोटो सार्वजनिक भएसँगै उनी जेलबाट मुक्त भएको अनुमान लगाइएको हो ।

साउदी सरकारले राजकुमार खलिलको गिरफ्तारी र रिहाई दुबैको बारेमा केही बताएको छैन । राजकुमार खलिलको भाई, राजकुमार अलवालेद तलाल पछिल्लो वर्ष नोभेम्बरमा भष्ट्राचारको आरोपमा समावेश भएको जनाएको छ । राजकुमार खलीलको रिहाई तब भएको छ जब अक्टोबर २ मा ईस्तानबुलको बाणिज्य दुतावास भित्र पत्रकार जमाल खसोग्जीको हत्याले अन्तराष्ट्रिय दबाबको सामना साउदी राजकुमार माथि परिरहेको थियो ।

पछिल्लो समय साउदी क्राउन प्रिन्स मोहम्मद सलमानको ब्यापक निन्दा भएसँगै हलचल मच्चिएको समय राजकुमार खलिलको रिहाई अर्थपूर्ण मानिएको छ ।

167 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank