कालीकोटमा गोली चल्यो, एक जना म्यादी प्रहरीको मृत्यु

शुक्रबार, पुस ७, २०७४



कालीकोट । कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।म्यादी प्रहरीले तलव कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो ।

स्थिती तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिकाका म्यादी प्रहरी बिवेक ऐरीकोे मृत्यु भएको हाम्रा सहकर्मी पुष्प भट्राईले जानकारि दिएका छन् ।

उनको टाउकोमा गोली लागेको थियो ।  तर यसको पुष्टि हुन भने बाँकी छ । घाइते मध्ये १ को अवस्था गम्भिर रहेको छ भने १ जनको अवस्था सामान्य रहेको छ । उनिहरुको जिल्ला अस्पताल मान्म कालिकोटमा उपचार भैरहेको जनाइएको छ ।

प्रदर्शनले उग्र रुप लिदा प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआउदा प्रहरीले गोली चलाएको छ ।

पाउनुपर्ने जति पारिश्रमिक नपाएको भन्दै म्यादी प्रहरीले ढुंगामुढा गरेपछि कालीकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप भएको थियो। शुक्रबार म्यादी प्रहरीको बिदाइका क्रममा प्रहरी र म्यादी प्रहरीबीच झडप भएको हो।

म्यादी प्रहरीले आफूले पाउनुपर्ने भन्दा ५ हजार रुपैयाँ कम दिइएको भन्दै विरोध जाएका थिए। विवाद बढ्दै जाँदा प्रहरीले अश्रु ग्यासका साथै गोली चलाएको थियो। अहिले प्रहरी कार्यालय तनावग्रस्त बनेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata