कलंकी-नागढुंगा सडक हरियाली बनाइने

बुधबार, साउन २९, २०७६



सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउन शुरु गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेका डिभाइडरमा वृक्षारोपण अभियान शुरु गरेको हो ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत् थालनी गरेका छन् ।

नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सहसचिव डा. रामप्रसाद लम्सालले जानकारी दिए ।

यो समाचार आजको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata