युएईमा “कलम” साँझ २०१९ सम्पन्न

मङ्लबार, असार ३, २०७६



काठमाडौं । रोजगारीको सिलसिलामा तेस्रो मुलकमा रहेका ठकुरीहरु समाज सेवामा जुटेका छन । खाडी मुलुकमा बसेर भए पनि देशको मेरुदण्ड मानिने शिक्षाको घामबाट बाहीर रहेका बालबालिकालाई शिक्षा प्रदान गर्न सहयोगमा जुटेका छन ।

विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई शिक्षाको ज्योती दिने उद्धेश्यले जेहेन्दार तथा आर्थिक विपन्न छात्रवृतिकोष “कलम” को सहयोगार्थ “ठकुरी सहयोग सन्जाल युएई” तथा “सयपत्री रेस्टुरेन्ट अलकुज ३” को संयुक्त आयोजनामा गरिएको कार्यक्रम “कलम साँस्कृतिक साँझ २०१९” सम्पन्न गरिएको छ ।

क्लब एभरेष्ट वरदुबईमा भएको कलम सांस्कृति कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।

ठकुरी सहयोग संजाल युएईका अध्यक्ष भिम मल्ल अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा विशिष्ट अतिथि नेपाली एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य ज्यु, विशेष अतिथि एन आर एन ए युएई का महासचिव कृष्ण पौडेल , ठकुरी सहयोग संजाल युएई का संरक्षक नरेश सेन लगायतका रहेका थिए ।

कार्यक्रममा चर्चित कलाकार शिव हमाल ,बाबु बोगटी ,करिष्मा ढकाल ,सुरेश राणाले साँस्कृति साँझलाई तत्काएका थिए ।   त्यस्तै ख्याती प्राप्त स्थानीय कलाकार सुरज शाह,सितल थापा मगर, सुनिता श्रेष्ठ, सुनिल जलरी, दिलु भन्डारी, दिपक गुरुङ ईनाश,हरी डुम्रे,कृष्ण सुनार,नरेन सापकोटा, नरेन्द्र राणा क्षेत्री, मन्जु योन्जन लामा लगायतले प्रस्तुती देखाएका थिए ।

कलम साँसकृति साँझबाट प्राप्त भएको सहयोग जेहेन्दार, गरिब बालबालिकालाई छात्रवृति दिने  कार्यक्रम संयोजक दिपक शाही ठकुरीले  जनाएका छन् । कलम परियोजनाबाट हाल ठकुरी,र गैर ठकुरी बालबालिकालाई छात्रवृति प्रदान गरिरहेको ठकुरीकाे भनाइ रहेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank