चैनपुर नगरपालिका–२ का वडाअध्यक्ष शेर्पाको निधन

शुक्रबार, मंसिर १३, २०७६



संखुवासभा  । संखुवासभाको चैनपुर नगरपालिका–२ का वडाअध्यक्षको निधन भएको छ ।  चैनपुर नगरपालिकाका प्रमुख भरत खत्रीले वडा अध्यक्ष  काजी शेर्पाको निधन भएको बताएका हुन्  ।

 २०२५ साल फागुन १३ गते मयूममाजन्मिएका वडा अध्यक्ष शेर्पा विगत आठ महिनादेखि क्यान्सर रोगको उपचार गराइरहेका थिए ।  उनको गएराति १२ बजे उनकै निवास मयूममा निधन भएको हो ।

वडा अध्यक्ष शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए । उनी तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् । उनको शुक्रबार दिउँसो उनको गाउँ मयूममा अन्त्यष्टि गरिने नगर प्रमुख भरत खत्रीले जानकारी दिए । उनीका दुई छोरा र एक छोरी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata